Kathmandu Press

जापानको ओगासावारा टापुमा ६.३ म्याग्निच्युडको भूकम्प

टोकियो, पुस २० : जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६।३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ ।स्थानीय समय अनुसार...
जापानको ओगासावारा टापुमा ६.३ म्याग्निच्युडको भूकम्प
Hardik ivf

टोकियो, पुस २० : जापानको टोकियो प्रिफेक्चरको ओगासावारा टापुमा मङ्गलबार ६।३ म्याग्निच्युडको भूकम्प गएको जापान मौसम विज्ञान निकाय (जेएमए)ले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ६ः०९ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु २७.१ डिग्री उत्तर अक्षांश र १४२।५ डिग्री पूर्व देशान्तरमा र ७० किलोमिटर गहिराइमा थियो। 

जापानको भूकम्पीय तीव्रताको मापनमा ओगासावारा टापुका केही भागमा पाँच माथिल्लो तहको भूकम्प गएको थियो जुन सात रिक्टरको छ। अहिलेसम्म सुनामीको चेतावनी जारी गरिएको छैन।  

प्रकाशित मिति: १६:०९ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्