Kathmandu Press

श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, पुस २० : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस गण्डकी प्रदेशका उपसभापति एवम् गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठको पिता पुननारायण श्रेष्ठको...
श्रेष्ठको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं, पुस २० : नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस गण्डकी प्रदेशका उपसभापति एवम् गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठको पिता पुननारायण श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्। 

कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले आज शोक वक्तव्य जारी गर्दै सभापति एवम् प्रधानमन्त्री देउवाले श्रेष्ठको निधनप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतात्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेकाे जानकारी गराएका हुन्।

श्रेष्ठकाे आज ९५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौँमा निधन भएको काँग्रेसले जनाएको छ।  

प्रकाशित मिति: १५:०७ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्