राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा एमालेले दर्ता गरायो उम्मेदवार
काठमाडौं, पुस २० : राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा एमाले उम्मेदवारी दर्ता गराएको छ। धनगढीस्थित निर्वाचन कार्यालय पुगेर एमालेका तीन उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका...
काठमाडौं, पुस २० : राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा एमाले उम्मेदवारी दर्ता गराएको छ। धनगढीस्थित निर्वाचन कार्यालय पुगेर एमालेका तीन उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्।
उम्मेदवारी दर्ता गर्नेहरुमा महिलातर्फ कैलालीले सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्ट रहेका छन्।
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ १२ गते हुँदैछ।
प्रकाशित मिति: १५:०४ बजे, मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











