राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा गठबन्धनका तीन जनाले गरे उम्मेदवारी दर्ता
काठमाडौं, पुस २० : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन दलका तीन जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।उम्मेदवारी दर्ता गर्नेहरुमा नेपाली कांग्रेसबाट...
काठमाडौं, पुस २० : राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन दलका तीन जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ता गर्नेहरुमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी)बाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद बिश्वकर्मा रहेका छन्।
लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ।
प्रकाशित मिति: १४:२२ बजे, मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











