Kathmandu Press

बागमती प्रदेशमा गठबन्धनबाट पौडेल र तिमल्सिनाले गरे उम्मेदवारी दर्ता 

काठमाडौं, पुस २० : राष्ट्रिय सभा निर्वाचनका लागि बाग्मती प्रदेशमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनका तर्फबाट काँग्रेस नेता  कृष्णप्रसाद पौडेल र...
बागमती प्रदेशमा गठबन्धनबाट पौडेल र तिमल्सिनाले गरे उम्मेदवारी दर्ता 

काठमाडौं, पुस २० : राष्ट्रिय सभा निर्वाचनका लागि बाग्मती प्रदेशमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धनका तर्फबाट काँग्रेस नेता  कृष्णप्रसाद पौडेल र नेकपा एकिकृत समाजवादीका तर्फबाट गोमा तिमल्सिनाले उम्मेदवारी दर्ता गराएका हुन्। 

आसन्न फागुनमा बागमतीबाट काँग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदय शर्मा पौडेलको कार्यकाल सकिँदैछ । उनीहरुको ठाउँमा पौडेल र तिमल्सिनालाई अगाडि सारेको छ ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ। जसअनुसार विभिन्न प्रदेशमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। 

यसअघि गण्डकी प्रदेशमा एमालेका तीन जनाले उम्मेदवारी दर्ता गराईसकेका छन्। राष्ट्रिय सभा निर्वाचनमा एमालेविरुद्ध सत्तारुढ गठबन्धनका दल चुनावी प्रतिस्पर्धामा हुनेछन्। 

प्रकाशित मिति: १४:११ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्