Kathmandu Press

ओमिक्रोनपछि फ्रान्समा भेटियो कोरोनाको नयाँ भेरियन्ट 

काठमाडौं, पुस २० : फ्रान्समा कोभिड–१९ को नयाँ भेरियन्ट पुष्टि भएको छ ।गत डिसेम्बर १० तारिखमा फ्रान्समा पहिलो पटक एक व्यक्तिमा भेरियन्ट आइएचयु (बि.१.६४०.२)...
ओमिक्रोनपछि फ्रान्समा भेटियो कोरोनाको नयाँ भेरियन्ट 

काठमाडौं, पुस २० : फ्रान्समा कोभिड–१९ को नयाँ भेरियन्ट पुष्टि भएको छ ।

गत डिसेम्बर १० तारिखमा फ्रान्समा पहिलो पटक एक व्यक्तिमा भेरियन्ट आइएचयु (बि.१.६४०.२) देखिएको थियो । 

अहिलेसम्म मार्सेल क्षेत्रमा १२ जनामा उक्त भेरियन्ट पुष्टि भएको अनुसन्धानले देखाएको छ । जसमध्ये धेरै बिरामीहरू अस्पताल भर्ना भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ । 

अनुसन्धानका अनुसार, अन्य भेरियन्टको तुलनामा यो त्यति तिब्र रूपमा फैलिएको देखिँदैन । उक्त भेरियन्टलाई मेडिटेरेनी इन्फेक्सन युनिभर्सिटी हस्पिटल इन्स्टिट्युटले अध्ययन तथा अनुसन्धान (आइएचयु) गरिरहेका छ । भने अहिलेसम्म विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसको अनुसन्धान नगरेको उक्त सञ्चार माध्यमले जनाएको छ ।

यो फ्रान्समा कति फैलियो भन्ने यकिन प्रमाण नभएपनि पहिले नै बेलायतमा प्रवेश गरिसकेको हुनसक्ने अनुमान अनुसन्धानकर्ताहरूको छ ।  
 

प्रकाशित मिति: १३:३८ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्