Kathmandu Press

कठ्याङ्ग्रीदो मौसममा मेची महाकाली राष्ट्रिय उद्दार यात्रा : पहिलो दिन ५ जना सहयोगापेक्षीको उद्दार  

काठमाडौ, पुस २० : सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दारका लागि मेची महाकाली यात्रामा रहेको मानवसेवा आश्रमको टिमले पहिलो दिन ५ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार...
कठ्याङ्ग्रीदो मौसममा मेची महाकाली राष्ट्रिय उद्दार यात्रा : पहिलो दिन ५ जना सहयोगापेक्षीको उद्दार  

काठमाडौ, पुस २० : सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दारका लागि मेची महाकाली यात्रामा रहेको मानवसेवा आश्रमको टिमले पहिलो दिन ५ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गरेको छ ।

१८ गते विहान महाकाली पुलबाट यात्रा सुरुवात गरिएको मानवसेवा आश्रमका केन्द्रीय सदस्य एवं मेची महाकाली यात्रा – २०७८ का संयोजक आदर्श ढकालले बताएका छन्।   

यात्रीहरुको समूहले पूर्व पश्चिम यात्राको क्रममा ५ जना वास्तविक सहयोगापेक्षीको उद्दार समेत गरेको ढकालले जानकारी दिए। 
‘हामीले नियमित रुपमा देशका ७७ वटै जिल्लाहरुबाट सहयोगापेक्षी व्यक्तिहरुको उद्दार गर्दै आइरहेका छौँ । अघिल्ला बर्षहरुमा जस्तो सडकपेटीमा नै चिसोका कारण कसैको पनि मृत्यु नहोस् भन्ने सन्देश दिनका लागि यात्रा गर्न लागिएको हो,’ ढकालले  वताए ।

कञ्चनपुरको बेदकोट नगरपालिका–३ बाट एकजना, कैलालीको लम्कीचुहा नगरपालिका चिसापानी स्थित कर्णाली पुलबाट एकजना, कैलालीकै झलारी शुक्लाफाँटा गरपालिकाबाट एकजना, दाङको लमही नगरपालिका–९ बाट एकजना र लमही–३ बाट एकजना गरी पाँच जनाको उद्दार गरिएको हो। 

उद्दार गरिएका पाँच जना नै मानसिक रुपमा अस्वस्थ रहेको यात्री स्वस्तिका भट्टराईले बताइन्। उनीहरुको उपचार पश्चात परिवार भेटियो भने पुनर्मिलन गराइने पनि उनले बताइन्। 

मानवसेवा आश्रमले परिवार र आफन्त भएका व्यक्तिहरुको सन्दर्भमा परिवारलाई नै जिम्मेवारीबोध गराउने र कोही नभएका पनि नभएकाहरुको भने संरक्षणको जिम्मा आश्रमले नेै लिने ढकाल बताउँछन्। 

मानवसेवा आश्रमले अघिल्लो वर्षपनि चिसो मौसममा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका ७५८ व्यक्तिहरुको उद्दार गरेको थियो। 

व्यक्तिहरुको उद्दारको लागि २०७७ साल पौष ७ गतेदेखि माघ १५ गतेसम्म मेची महाकाली यात्रा गरेर ७५८ जनाको उद्दार गरेको थियो। 

यसपालि भने अघिल्लो बर्ष जस्तो सडकमानवहरुको संख्या नभएको र अघिल्लो बर्षको यात्राले धेरै जनामा उद्दारको लागि जिम्मेवार बनाएको  छ ।  मानवसेवा आश्रमसँगको सहकार्यमा निरन्तर उद्दार भइरहेकोले यस वर्ष सडकमानवको संख्या घटेको  ढकालले जानकारी गराएका छन्। 

मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गर्दै आइरहेको छ । १३ दिनसम्म चल्ने यात्रा माघ १ गते समापन हुने छ।
 

प्रकाशित मिति: १३:२० बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्