राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा एमालबाट तीन जनाले गरे उम्मेदवारी दर्ता

काठमाडौं, पुस २० : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।
कास्कीका पुण्यप्रसाद पौडेल, नवलपुरकी लीला थनेत र स्याङ्जाका अर्जुन कुमार सुनामले उम्मेदवारी दर्ता गरेका निर्वाचन कार्यलय गण्डकी प्रदेश पोखराका प्रमुख हुमनाथ पराजुलीले बताए।
राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ । त्यसका लागि आज सबै प्रदेशहरुमा मनोनयन दर्ताको कार्यक्रम छ ।
गण्डकीमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी कमला पन्त, माओवादीका सुरेश आलेमगर र भुवन सुनारले दिउँसो एक बजे मनोनयन दर्ता गराउने बताइएको छ।
प्रकाशित मिति: १२:५७ बजे, मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











