Kathmandu Press

राष्ट्रिय सभा निर्वाचन : जसपाबाट हेमराज राई र खालिद सिद्दीकी उम्मेदवार 

काठमाडौं, पुस २० : राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) ले पनि उम्मेदवारको टुङ्गो लगाएको छ। जसपाका नेता मनिष सुमनका...
राष्ट्रिय सभा निर्वाचन : जसपाबाट हेमराज राई र खालिद सिद्दीकी उम्मेदवार 

काठमाडौं, पुस २० : राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा) ले पनि उम्मेदवारको टुङ्गो लगाएको छ। 

जसपाका नेता मनिष सुमनका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि  जसपाबाट  हेमराज राई र मो. खालिद सिद्दीकीलाई उम्मेदवार बनाउने निर्णय भएको हाे।

प्रदेश १ को अल्पसंख्यक समूहबाट भोजपुरका राई र प्रदेश २ को खुलातर्फ सिरहाका सिद्दीकीलाई उम्मेदवार बन्ने भएका हुन्। 

राष्ट्रियसभाको १९ सदस्यका लागि १२ माघमा हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सत्तारुढ पाँच दलबीच भएको भागबण्डामा जसपाले २ सिट पाएको थियो ।

प्रकाशित मिति: १२:२० बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्