Kathmandu Press

कर्णाली प्रदेश सरकारले खेलाडीद्वय सुनमाया र विष्टलाई पुरस्कार दिने

कर्णाली, पुस २० : कर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हासिल गर्ने सुनमाया बुढालाई रु दुई लाख  पुरस्कार...
कर्णाली प्रदेश सरकारले खेलाडीद्वय सुनमाया र विष्टलाई पुरस्कार दिने

कर्णाली, पुस २० : कर्णाली प्रदेश सरकारले थाइल्याण्डमा भएको अल्ट्रा ट्रेल रेस प्रतियोगितामा महिलातर्फ प्रथम स्थान हासिल गर्ने सुनमाया बुढालाई रु दुई लाख  पुरस्कार दिने निर्णय गरेको छ।

एशियाको सबैभन्दा लामो ११० किलोमिटर अल्ट्रा ट्रेल रेस प्रतियोगतामा महिलातर्फ प्रथम र समग्र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गर्ने बुढा जुम्ला पातारासी गाउँपालिका निवासी हुन्। बुढाले थाइल्याण्डमा आयोजित उक्त प्रतियोगितामा दुई हजार प्रतियोगीलाई पछि पार्दै प्रथम भएका थिए । 

आइतबार कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक तथा मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद् बैठकले प्रोत्साहनस्वरुप दुई लाख पुरस्कार दिने निर्णय गरेको हो।

उक्त बैठकले बन्दै गरेको प्रदेश रङ्गशालामा नेपालकै पहिलो भलिबलको कभर्डहल निर्माण गर्ने र हालै बङ्गलादेशमा सम्पन्न भलिबल प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल प्रतियोगिताकी खेलाडी जाजरकोटकी कामना विष्टलाई रु ५० हजार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकमा मुख्यमन्त्री शाहीले प्रदेश रङ्गशाला निर्माण नहुँदासम्म वीरेन्द्रनगरस्थित कालिञ्चोक मैदानलाई वैकल्पिक खेलकुद मैदानका रूपमा प्रयोग गर्न र प्रदेश गौरवको एकमात्र आयोजनालाई समयमै निर्माण पूरा हुने गरी कार्ययोजनासहित काम सम्पन्न गर्न निर्देशन दिए।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव विश्वामित्र सञ्ज्यालले मङ्सिर २० गते शिलान्यास गरिएको प्रदेश रङ्गशाला निर्माणको प्रगतिका बारेमा मुख्यमन्त्रीलाई जानकारी गराएको बताए। सदस्यसचिव सञ्ज्यालले रङ्गशालाको निर्माणकार्य सुरु भएको २८ दिनको अवधिमा माटो परीक्षण, डिप बोरिङ, विद्युत् टान्सफर्मर राख्ने र साइट घेरबारको काम भइरहेको जनाए। 

प्रकाशित मिति: १०:३६ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्