राष्ट्रिय सभा सदस्य निर्वाचन : माओवादी केन्द्रबाट को–को बन्दैछन् उम्मेदवार ?
जसअनुसार गण्डकीको अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगतर्फ सुर्खेतका नरबहादुर विष्ट, प्रदेश नम्बर २ महिलामा उर्मिला अर्याल र सुदूरपश्चिम प्रदेश दलिततर्फ जगत पार्कीलाई उम्मेदवार बनाउने प्रचण्डले निर्णय गरेका छन्।
काठमाडौं, पुस २० : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार टुंगो लगाएको छ। नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान उम्मेदवारको टुंगो लगाएका हुन्।
सोमबार बसेको माओवादी केन्द्रीय कमिटी बैठकले उम्मेदवारहरू टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई अधिकार दिएको थियो।
जसअनुसार गण्डकीको अन्यमा सुरेश आले मगर, दलिततर्फ गोरखाका भरत सुनार, अपांगतर्फ सुर्खेतका नरबहादुर विष्ट, प्रदेश नम्बर २ महिलामा उर्मिला अर्याल र सुदूरपश्चिम प्रदेश दलिततर्फ जगत पार्कीलाई उम्मेदवार बनाउने प्रचण्डले निर्णय गरेका छन्।
सत्तारूढ गठबन्धनले रिक्त १९ सिटमा भागबन्डा गरेर उम्मेदवार उठाउने सहमति गरेका थिए। जसअनुसार माओवादीले पाँच जना उम्मेदवार उठाउने भएको छ।
उम्मेदवारहरूले आज १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ। राष्ट्रिय सभा सदस्य निर्वाचन माघ १२ मा हुनेछ।