दिल्लीका मुख्यमन्त्री केजरीवाललाई फेरि कोरोना
काठमाडौं, पुस २० : भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई फेरि कोरोना भाइरसको संक्रमण भएको छ।मुख्यमन्त्री केजरीवालले आज ट्वीट गर्दै आफूलाई कोरोना भएको...
काठमाडौं, पुस २० : भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई फेरि कोरोना भाइरसको संक्रमण भएको छ।
मुख्यमन्त्री केजरीवालले आज ट्वीट गर्दै आफूलाई कोरोना भएको जानकारी दिएका छन्। कोरोना संक्रमण देखिएपछि घरमै आइसोलेसनमा बसिरहेको उनले जनाएका छन्।
‘मैले कोभिडको परीक्षण गरेको छु र कोभिड देखिएको छ। अहिले घरमै आइसोलेसनमा बसिरहेको छु पछिल्ला केही दिनमा जो मसँग सम्पर्कमा आएका छन्, कृपया आफूलाई अलग गर्नुहोस् र आफ्नो परीक्षण गराउनुहोस्,' केजरीवालले ट्वीट गरेका छन्।
उनी केही दिनयता चुनावी प्रचारमा थिए। त्यसअघि पञ्जाबमा भएको चुनावमा आम आदमी पार्टी विजयी भएपछि विजयी र्यालीमा सहभागी भएका थिए।
मुख्यमन्त्री केजरीवाललाई यसअघि पनि कोरोना संक्रमण भएको थियो। भारतमा दोस्रो लहर चलेका वेला उनी संक्रमित भएका थिए।
I have tested positive for Covid. Mild symptoms. Have isolated myself at home. Those who came in touch wid me in last few days, kindly isolate urself and get urself tested
— Arvind Kejriwal (@ArvindKejriwal) January 4, 2022











