प्रदेश नं १ मा २७ जनामा कोरोना सङ्क्रमण
विराटनगर, पुस १९ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना सङ्क्रमण भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ४२३ जनाको पिसिआर...विराटनगर, पुस १९ : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोेरोना सङ्क्रमण भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार ४२३ जनाको पिसिआर परीक्षण गर्दा २५ र १०२ जनाको एन्टिजेन परीक्षण गर्दा दुईजनामा सङ्क्रमण देखिएको छ। पिसिआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा चार, झापामा तीन, उदयपुरमा एक र प्रदेशबाहिरका चारजनामा सङ्क्रमण देखिएको हो।
मोरङको विराटनगरमा १०, उर्लाबारी, बेलबारी र धनपालथानमा एक÷एक, सुनसरीको इटहरीमा दुई, धरान र रामधुनीमा एक/एक, झापाको भद्रपुर, मेचीनगर र कमल गाउँपालिकामा एक÷एक, उदयपुरको त्रियुगामा एक र प्रदेशबाहिरका चारजनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आज पाँच महिलासहित ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १३५ रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २०:०० बजे, सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्रीको निर्देशनशनिबार, मंसिर १, २०८१
प्रदेशसभा सदस्य गौचनप्रति श्रद्धाञ्जलीशनिबार, मंसिर १, २०८१
प्रभावकारी ढंगले सरकार सञ्चालन गर्न कोशीमा दुई दलीय संयन्त्र गठनबुधबार, कात्तिक २८, २०८१