अध्यक्ष टुंगो लगाएर माओवादीको केन्द्रीय कमिटी बैठक स्थगित
काठमाडौं, पुस १९ : माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको आज (सोमबार) बसेको पहिलो बैठक अध्यक्ष टुंगो लगाएर स्थगित भएको छ। अर्को बैठक...
काठमाडौं, पुस १९ : माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको आज (सोमबार) बसेको पहिलो बैठक अध्यक्ष टुंगो लगाएर स्थगित भएको छ। अर्को बैठक पुस २५ गते बस्ने जनाइएको छ।
ललितपुरको सानेपास्थित होटल हेरिटेजमा बसेकाे बैठकले अन्य पदाधिकारी छनोटबारे छलफल नै नगरेको एक केन्द्रीय सदस्यले जानकारी दिए। आजकै बैठकले पार्टी पदाधिकारी पनि चयन गर्ने अपेक्षा गरिएको थियो।
आजै नवनिर्वाचित केन्द्रीय सदस्यहरुको शपथ गरिएको थियो। त्यसलगत्तै बैठक बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको थियो।
पुस ११ देखि सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबार सकिएको थियो।
प्रकाशित मिति: १७:५३ बजे, सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











