माओवादी नेता वर्षमान पुन भोलि नेपाल फर्कने
काठमाडौं, पुस १९ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त भोलि (मंगलबार) स्वदेश फर्कने भएका छन्। चीनमा उपचाररत अनन्त भोलि नेपाल फर्कने माओवादी...
काठमाडौं, पुस १९ : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त भोलि (मंगलबार) स्वदेश फर्कने भएका छन्। चीनमा उपचाररत अनन्त भोलि नेपाल फर्कने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवनिर्वाचित केन्द्रीय सदस्यहरुलाई जानकारी गराए।
केन्द्रीय सदस्यहरुसँग प्रचण्डले भने,‘ वर्षमान पुन भोलि डिस्चार्ज हुनुहुन्छ उहाँहरुको उपस्थितिमै पदाधिकारी चयन गर्दा ठीक हुन्छ भन्ठानेर नै २५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो। उहाँहरूकै सहभागितामा बाँकी पदाधिकारी पनि चयन हुन्छ।’
पुनले पार्टी महासचिवका रुपमा आफ्नो दावी पेश गर्दै आएका छन् भने सशक्त दाबेदारका रुपमा अर्का नेता जनार्दन शर्मा पनि अगाडि आएका छन् ।
महासचिवमा सहमति हुन नसक्दा सोमबारको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन हुन सकेन । बैठकले प्रचण्डलाई अध्यक्षमात्रै घोषणा गर्यो ।
प्रकाशित मिति: १७:५२ बजे, सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











