एमालेले राष्ट्रिय सभा सदस्यका लागि तय गरेका १९ उम्मेदवार कोको हुन्?
काठमाडौं, पुस १९ : एमालेले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ उम्मेदवारहरु टुंगो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालयको बैठकले ती उम्मेदवारको टुंगो लगाएको...
काठमाडौं, पुस १९ : एमालेले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ उम्मेदवारहरु टुंगो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालयको बैठकले ती उम्मेदवारको टुंगो लगाएको हो।
बैठकले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ।
प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव र महिलातर्फ बिना साह उम्मेदवार रहेका छन्। बागमतीमा खुलातर्फ गोपाल शाक्य र महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामीलाई उम्मेदवार बनाइएको छ।
गण्डकीमा खुलातर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल थनेट र दलिततर्फ गोविन्दबहादुर नेपाली उम्मेदवार चयन भएका छन्। लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल र दलिततर्फ कृष्णबहादुर सुनार रहेका छन्।
कर्णालीमा खुलातर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत र अल्पसंख्यकतर्फ पदमबहादुर माझी उम्मेदवार चुनिँदा सूदूरपश्चिममा खुलातर्फ डिल्लीराज भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा र दलिततर्फ नरेश विक उम्मेदवार तय भएका छन्।
राष्ट्रपतिबाट मनोनीत हुने एकबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ। त्यसका लागि भोलि मंगलबार (पुस २० गते) मनोनयन दर्ता हुँदैछ।
आगामी फागुन २१ गतेबाट २० सांसदको चारवर्षे कार्यकाल समाप्त हुँदैछ। तीमध्ये एमालेका आठजना छन्।











