एकीकृत समाजवादीले टुंग्यायाे राष्ट्रियसभाका पाँच उम्मेदवार, कुन प्रदेशबाट काे?
काठमाडौं, पुस १९ : नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका चार उम्मेदवारको नाम टुंगो लगाएको छ।आज (सोमबार) बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले ती उम्मेदवार छनोट...
काठमाडौं, पुस १९ : नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका पाँच उम्मेदवारको नाम टुंगो लगाएको छ।
आज (सोमबार) बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले ती उम्मेदवार छनोट गरेको हो। बैठकले प्रदेश १ मा जयन्ती राई, वाग्मतीमा गोमा तिमल्सिना, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशमा उदय बोहोरा र सदूरपश्चिममा मदनकुमार (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार एकीकृत समाजवादीको भागमा पाँच सिट परेको थियो। राष्ट्रपतिबाट मनोनीत हुने एकबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ।
प्रकाशित मिति: १६:५० बजे, सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











