माओवादीका केन्द्रीय सदस्यहरुले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं, पुस १९ : नेकपा माअोवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सोमबार ललितपुरको एक व्यांकेटमा भएको समारोहका बीच केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठले पद तथा गोपनियताको सपथ खुवाएका हुन्।
काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आइतबारको बन्दसत्रमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नामावली वाचन गरेर सुनाएका थिए। प्रचण्डले प्रस्ताव गरेका नामहरु नै हलबाट पारित भएको हो।
सपथ लगतै केन्द्रीय समितिको बैठक बस्नेछ ।
प्रकाशित मिति: १६:४२ बजे, सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











