राष्ट्रिय सभाका लागि कांग्रेसले टुंगो लगायाे ६ उम्मेदवार, काेकाे परे?
महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारहरुको नाम बैठकमा प्रस्ताव गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
काठमाडौं, पुस १९ : नेपाली कांग्रेसले राष्ट्रिय सभाका ६ उम्मेदवार टुंगो लगाएको छ। आज (सोमबार) बसेको केन्द्रीय समिति बैठकले बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सम्पन्न बैठकले प्रदेश १ मा गोपालकुमार बस्नेत, वाग्मतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ, सुदूरपश्चिम प्रदेशमा नारायण मिश्रलाई उम्मेदवार बनाएको छ।
महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवारहरुको नाम बैठकमा प्रस्ताव गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो। बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समेत आह्वानसमेत गरेको छ।
राष्ट्रपतिबाट मनोनीत हुने एकबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा चुनाव हुँदैछ। त्यसका लागि भोलि मंगलबार (पुस २० गते) मनोनयन दर्ता हुँदैछ।












