देशभर थपिए ३२६ कोरोना संक्रमित, निकाे हुने २५५ जना, २ काे मृत्यु
काठमाडौं, पुस १९ : पछिल्लो २४ घन्टामा देशभर ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४९८ नमुनाको परीक्षण...
काठमाडौं, पुस १९ : पछिल्लो २४ घन्टामा देशभर ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४९८ नमुनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ७ हजार ७०० नमुनाको पीसीआर परीक्षण गर्दा २९१ र २ हजार ७९८ जनामा एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा २५५ जना संक्रमणमुक्त भएका छन्। आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ।
योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २९ हजार २७७ पुगेको छ भने एन्टिजेनतर्फ ९६ हजार २८० पुगेको छ। त्यस्तै हालसम्म कोरोनामुक्त हुनेको संख्या ८ लाख १२ हजार ६७४ पुगेको छ। अहिलेसम्म ११ हजार ५९८ कोरोना संक्रमितको मृत्यु भएको छ।
हाल मुलुकभर ५ हजार ५ सक्रिय संक्रमित छन्। जसमध्य ४ हजार ७५३ जना होम आइसोलेसनमा छन्। त्यस्तै २५२ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
अस्पतालमा उपचाररतमध्ये ८९ जना आइसीयूमा छन् भने २१ जना भेन्टिलेटरमा छन्।










