Kathmandu Press

भारतले अफगानिस्तानलाई दियाे थप ५ लाख डोज काेराेना खाेप

नयाँ दिल्ली, पुस १९ : भारत बायोटेकले सोमबार अफगानिस्तानलाई ५ लाख डोज काेराेना खाेप प्रदान गरेको छ। ट्विटरमा भारत बायोटेकले आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिनको...
भारतले अफगानिस्तानलाई दियाे थप ५ लाख डोज काेराेना खाेप

नयाँ दिल्ली, पुस १९ : भारत बायोटेकले सोमबार अफगानिस्तानलाई ५ लाख डोज काेराेना खाेप प्रदान गरेको छ। 

बायोटेकले ट्विटरमा आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिनको ५ लाख डोजसहितको मानवीय सहायताको अर्को शृंखला प्रदान गरेको जनाएकाे हाे।

Hardik ivf

त्यो सहायता इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्तरण गरिएको छ। आगामी सातामा थप ५ लाख डोजको अर्को ब्याच आपूर्ति गरिने पनि जानकारी दिइएको छ।

कोभ्याक्सिनको ५ लाख डोज रहेको मानवीय सहायताको अन्तिम ब्याच जनवरी १ मा अफगानिस्तानलाई आपूर्ति गरिएको थियो। भारतले अफगान जनतालाई खाद्यान्न, कोभिड-१९ खोपको १० लाख डोज र जीवन बचाउने आवश्यक औषधिहरू समावेश गरी मानवीय सहायता उपलब्ध गराउन प्रतिबद्ध छ।

गत महिनाको सुरुमा भारतले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मार्फत अफगानिस्तानलाई १.६ टन चिकित्सा सहायता पुर्‍याएको थियो।

तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो र यसपछि देश गहिरो आर्थिक, मानवीय र सुरक्षा संकटमा परेको छ।

वैदेशिक सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध आदिको कारणले उच्च गरिबीबाट पीडित हाल आर्थिक संकटमा फसेको छ।

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्