Kathmandu Press

हिउँमा फसेका १४ मजदुरको हेलिकोप्टरमार्फत सकुशल उद्धार

हिउँमा फसेका १४ मजदुरको हेलिकोप्टरमार्फत सकुशल उद्धार

रुकुम पूर्व, पुस १९ : रुकुम पूर्वमा हिउँमा फसेका १४ मजदुरको आज (सोमबार) नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको छ।

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका-२ पेल्माको घुसदुङमा उनीहरू गत १३ गतेदेखि हिउँमा फसेका थिए। उनीहरुको आज (सोमबार) दिउँसो उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जनाएके छ। उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासनको भनाइ छ।  

उद्धार भएकाहरू जोकप्रसाद बुढा, औंसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजीत कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, प्रेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन रहेका छन्। 


पेल्माबाट गोरेटो बाटो निर्माणका लागि गएका उनीहरू हिउँ जमेका कारण फर्किन नसकी ओडारमा बस्दै आएका थिए। उनीहरु हिउँमा फसेको जानकारी हिजो (आइतबार) मात्र बाहिर आएको थियो। 

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्