जेलमा रहेका रेशम चौधरीले श्रीमतीको अध्यक्षतामा गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’
काठमाडौं, पुस १९ : टीकापुर हत्याकाण्डको प्रमुख आरोपी रेशम चौधरीले नयाँ दल गठन गरेका छन्। आफू जेलभित्रै रहेपनि चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ...
काठमाडौं, पुस १९ : टीकापुर हत्याकाण्डको प्रमुख आरोपी रेशम चौधरीले नयाँ दल गठन गरेका छन्। आफू जेलभित्रै रहेपनि चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नयाँ दल गठन गरेका हुन्।
नवगठित पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ राखिएको छ। उक्त दल दर्ताको निवेदन दिनका लागि रेशम चौधरीका समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजा, झाँकी र चौधरीको तस्वीर अंकित प्लेकार्डसहित निर्वाचन आयोगमा पुगेका हुन्।
र्यालीमा चौधरीकी श्रीमतीसमेत सहभागी भएकी थिइन् ।
यसअघि शेर बहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशबाट जसपा विभाजन भएको थियो। अध्यादेशबाट उपेन्द्र यादव नेतृत्वमा जनता समाजवादी पार्टी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएपछि चौधरी भने तटस्थ बसेका थिए।
प्रकाशित मिति: १५:१५ बजे, सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










