Kathmandu Press

नागरिक उन्मुक्ति पार्टी गठन गर्दै रेशम चौधरी

काठमाडौं, पुस १९ : डिल्लीबजार कारागारमा  कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने भएका छन्।उनले आज (सोमबार) नागरिक उन्मुक्ति...
नागरिक उन्मुक्ति पार्टी गठन गर्दै रेशम चौधरी

काठमाडौं, पुस १९ : डिल्लीबजार कारागारमा  कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने भएका छन्।

उनले आज (सोमबार) नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन्। चौधरीका समर्थकहरु खुलामञ्चमा भेला भएर झाँकी र र्‍यालीसहित दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुगेका छन्।

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (२०७७ वैशाख १० गते समाजवादी पार्टीसँग एकता भएर जनता समाजवादी पार्टी बनेको) बाट कैलाली–१ बाट निर्वाचित भएका थिए। 

टीकापुर घटनालाई लिएर कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएपछि उनी जेल चलान भएका हुन्। मधेसवादी दलले आफ्नो मुद्दाको सम्बोधन गर्न नसकेको आरोप लगाउँदै उनले छुट्टै पार्टी खोल्न लागेका हुन्।

आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न लागे भए पनि सम्भव नहुँदाउनले पत्नी श्रेष्ठ रञ्जिताको नाममा पार्टी गठन गर्न लागेका हुन्।

चौधरी पार्टी दर्ताका लागि आफैं निर्वाचन आयोग जान खोजेको र आइतबार कारागार व्यवस्थापन विभाग र निर्वाचन आयोगमा निवेदन दिएको डिल्लीबजार कारागारले जनाएको छ।

तर उनले जाने अनुमति नपाएको बताइएको छ। 

प्रकाशित मिति: १४:१९ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्