तीनकुनेमा बिजुलीको पोलमा आगलागी
काठमाडौं, पुस १९ : राजधानीको तिनकुनेमा बिजुलीको पोलमा आगलागी भएको छ। अव्यवस्थित तारका कारण विद्युत सट भएर आगलागी भएको हो। आगलागीबाट अन्य कुनै क्षति...काठमाडौं, पुस १९ : राजधानीको तिनकुनेमा बिजुलीको पोलमा आगलागी भएको छ। अव्यवस्थित तारका कारण विद्युत सट भएर आगलागी भएको हो।
आगलागीबाट अन्य कुनै क्षति भने हुन पाएन ।
आगलागी हुनसाथ दमकल प्रयोग गरी आगो निभाइएको थियो।
बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ ।
प्रकाशित मिति: १३:३२ बजे, सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार










