Kathmandu Press

विद्युत् प्राधिकरणका यात्रु तथा सामान नेपाल एयरलाइन्सले बोक्ने सम्झौता

काठमाडौं, पुस १९ : नेपाल विद्युत् प्राधिकरणका यात्रु तथा सामान नेपाल एयरलाइन्समार्फत बोक्ने सम्झौता भएको छ।नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत्...
विद्युत् प्राधिकरणका यात्रु तथा सामान नेपाल एयरलाइन्सले बोक्ने सम्झौता

काठमाडौं, पुस १९ : नेपाल विद्युत् प्राधिकरणका यात्रु तथा सामान नेपाल एयरलाइन्समार्फत बोक्ने सम्झौता भएको छ।

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी र नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङबीच आज (सोमबार) सो सम्झौता भएको हो। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पनि उपस्थिति थियो।

कार्यक्रमई सम्बोधन गर्दै मन्त्री आलेले दुई संस्थाबीच सम्झौता भएको दिन ऐतिहासिक र अविस्मरणीय रहको उल्लेख गरे। प्राधिकरणसँगको सम्झौताले निगमको घाटा न्यूनीकरणमा मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे।

प्रकाशित मिति: १३:२४ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्