Kathmandu Press

रुस र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

अंकारा, पुस १९ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच आइतबार फोनवार्ता भएको छ।उनीहरुका बीचमा आइतबार फोनमा वार्ता भएको समाचारमा...
रुस र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता

अंकारा, पुस १९ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच आइतबार फोनवार्ता भएको छ।

उनीहरुका बीचमा आइतबार फोनमा वार्ता भएको समाचारमा जनाइएको छ। टर्कीका राष्ट्रपतिको कार्यालयले जनाएअनुसार उहाँहरुका बीचमा द्धिपक्षी सम्बन्धको विकास गर्नुका साथै क्षेत्रीय विकासका विभिन्न क्षेत्रमा आपसमा सहकार्य गरी अघि बढ्ने सहमति भएको छ।

त्यस अवसरमा उनले द्धिपक्षीय हितका अतिरिक्त सिरिया र लिबियाबारे पनि कुराकानी गरेका थिए। यस अवसरमा उनीहरुले संयुक्त सैन्य अभ्यास र सहयोगको आदानप्रदानबारे पनि कुराकानी गरेको टर्कीका राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ।

पछिल्लो समयमा युक्रेनसँगको रुसको सम्बन्ध एवं अन्य सैन्य गतिविधिहरुबारे पनि उनीहरुका बीचमा कुराकानी भएको बताइएको छ।

प्रकाशित मिति: १२:१२ बजे, सोमबार, पुस १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्