Kathmandu Press

सुनको मूल्य घट्यो, तोलाको ९३ हजार ४००

काठमाडौं, पुस १९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो...
सुनको मूल्य घट्यो, तोलाको ९३ हजार ४००

काठमाडौं, पुस १९ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २६५ मा आएको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रु एक हजार २७० मा कारोबार भएको थियो। अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ।  

प्रकाशित मिति: १२:०० बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्