Kathmandu Press

सुडानका प्रधानमन्त्रीद्वारा राजीनामा

खार्तुम, पुस १९ : सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिएका छन्।उनले आइतबार आफ्नो पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ।  सुडानमा पछिल्लो समय राजनीतिक संकट...
सुडानका प्रधानमन्त्रीद्वारा राजीनामा

खार्तुम, पुस १९ : सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिएका छन्।

उनले आइतबार आफ्नो पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ।  सुडानमा पछिल्लो समय राजनीतिक संकट गहिरिँदै गएको छ।

Hardik ivf

यहाँ प्रजातान्त्रिक प्रक्रियाबाट निर्वाचनको प्रयास भने जारी छ। राजनीतिक संकट थप बढ्दै गएका बेला उनले आफ्नो पदबाट राजीनामा दिएको समाचारमा जनाइएको छ।

नागरिक शासन बहाल गर्न माग गर्दै प्रदर्शन चर्किएपछि प्रधानमन्त्री अब्दुल्लाह हामदोकले राजीनामा दिएको बताइएको छ। टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री हामदोकले राजीनामा घोषणा गरेका छन्।

देशलाई अप्ठ्यारो अवस्थामा फस्नबाट जोगाउन आफूले सक्दो प्रयास गरेको तर सहमतिमा पुग्न नसकेको बताउँदै उनले भने,  ‘मैले जिम्मेवारी फिर्ता गर्ने निर्णय गरेको छु र प्रधानमन्त्रीका रुपमा मेरो राजीनामा घोषणा गरेको छु।’

सुडान एक ‘खतरनाक मोड’मा रहेको बताउँदै उनले संक्रमणकालीन अवधिको बाँकी कामहरु पूरा गर्न मद्दत गर्ने बताएका छन्। गत अक्टोबर महिनामा सेनाले ‘कु’ गर्दै सत्ता कब्जा गरेपछि हामदोकलाई नजरबन्दमा राखेको थियो। त्यसपछि केही हप्ता अगाडि मात्रै उनलाई सेनाले प्रधानमन्त्रीमा पुनःबहाली गरेको थियो । तर सेनासँग सम्झौता गरी प्रधानमन्त्री बनेको भन्दै उनको विरोध हुँदै आएको थियो।

सुडानका नागरिकहरुले सेनासँगको सम्झौता नमान्ने र पूर्ण नागरिक शासन बहाल हुनुपर्ने माग गर्दै आएका थिए। उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो। प्रदर्शन रोक्ने उद्देश्यले सरकारले हालै राजधानी खार्तुममा इन्टरनेट सेवामा रोकसमेत लगाएको थियो।

प्रकाशित मिति: ११:५९ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्