Kathmandu Press

चिसो बढ्दै गएपछि पठनपाठन बन्द

काठमाडौं, पुस १९ : शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस...
चिसो बढ्दै गएपछि पठनपाठन बन्द

काठमाडौं, पुस १९ : शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ ।

 गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म  संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको हो । यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ ।

महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्च लगायतका सामान वितरण गरेको हो ।  

ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । प्रति ज्येष्ठ नागरिकलाई करिब रु छ हजार बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: ०८:२२ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्