माओवादीले बनायो २३६ सदस्यीय केन्द्रीय समिति, को को भए केन्द्रीय सदस्य ? (सूचीसहित)
काठमाडौं, पुस १९ : नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।कमलादीस्थित प्रज्ञा भवनमा आइतबार सम्पन्न...
काठमाडौं, पुस १९ : नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।
कमलादीस्थित प्रज्ञा भवनमा आइतबार सम्पन्न महाधिवशेनले विभिन्न (क्षेत्र) क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको नामलाई ध्वनीमतका आधारमा निर्वाचित गरिएको हो ।
यस्तै, विभिन्न जाती, क्षेत्र तथा समुदायका तर्फबाट अर्थात् समानुपातिक तर्फबाट १२५ को नाम घोषणा गरिएको छ । समानुपातिकतर्फ २९ भने केन्द्रीय समितिले मनोनयन गर्नेछ । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने विधानले व्यवस्था गरेको छ ।
खुल्ला केन्द्रीय सदस्य
बन्दशत्रले पारित गरेको खुला केन्द्रीय सदस्यको सूचीमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ २३औँ नम्बरमा समेटिएकका छन् । यस्तै सदस्यमा नेपबहादुर थारु चौधरी, लक्ष्मणदत्त जोशी, शरदसिंह भण्डारी, खगराज भट्ट, नरेन्द्रबहादुर कुँवर, त्रिलोचन भट्ट, माधव सापकोटा, युवराज चौलागाइँ, लेखनाथ दाहाल, शालिकराम जमरकट्टेल, श्यामकुमार श्रेष्ठ, हरि दाहाल, महेश्वर दाहाल, हेमलाल शर्मा रहेका छन् ।
यस्तै, केन्द्रीय सदस्यमा सन्तकुमार दरै, हितमान शाक्य, कृष्णप्रसाद सापकोटा, धर्मानन्द देवकोटा, मुक्तिनारायण प्रधान, ईश्वरीप्रसाद भट्टराई, सुनिलकुमार मानन्धर, हरिबोल गजुरेल, दिलीप महर्जन, सुदन किराती, किरणकुमार राई, सुरेशकुमार राई, हेमराज भण्डारी, राजेन्द्र कार्की, एकचन्द्र बराल छन् ।
पदमबहादुर राई, सावित्रीकुमार काफ्ले, सुरेन्द्रकुमार कार्की, युवराज भट्टराई अजयशङ्कर नायक, अशोककुमार मण्डल, भरतप्रसाद साह, प्रकाशहरि पोखरेल, राजु खड्का, जोगकुमार बर्बरिया यादव, गोपाल ठाकुर, रामकुमार शर्मा, रामेश्वरराय यादव, मात्रिकाप्रसाद यादव, प्रल्हादकुमार बुढाथोकी, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, गणेश साह, इन्द्रजित थारु, जीवन गौतम, तेजबहादुर ओली केन्द्रीय सदस्यमा निर्वाचित भए ।
यस्तै, हेमराज शर्मा पोखरेल, गणेशमान पुन, जदप्रसाद शर्मा, वर्षमान पुन, महेश्वर गहतराज, कुलप्रसाद केसी, डोरप्रसाद उपाध्याय, सुकबहादुर रोका, तिलकराम शर्मा, चक्रपाणि खनाल, कृष्णध्वज खड्का, कृष्णबहादुर महरा, बामदेव क्षेत्री, झकबहादुर मल्ल, विन्दमान विष्ट, रामदीप आचार्य, महेन्द्रबहादुर शाही, राजकुमार शर्मा, शक्ति बस्नेत, गजेन्द्रबहादुर महत, तेजबहादुर बस्नेत, जनार्दन शर्मा, मायाप्रसाद शर्मा, कालिबहादुर मल्ल, युवराज दुलाल, रामप्रसाद सापकोटा, ओमनाथ ढुङ्गाना केन्द्रीय समितिमा समेटिए ।
माओवादीको केन्द्रीय समितिमा गङ्गा कार्की, पुष्पविक्रम मल्ल, लिलामणि पोखरेल, लक्ष्मण पन्त, लेखनाथ न्यौपाने, डिलाराम आचार्य, झक्कु सुवेदी, केन्द्रीय सदस्यमा सितबहादुर बस्नेत, कृष्णबहादुर केसी, अमरबहादुर गुरुङ, गुप्तबहादुर ठकुरी, खिमलाल देवकोटा अटाए ।
त्यस्तै, देवेन्द्र पौडेल, हरिबहादुर चुमान, रामकृष्ण गैरे, नारायणकाजी श्रेष्ठ, कृष्णप्रसाद धिताल, देव गुरुङ, श्रीराम ढकाल, सुरेश आलेमगर, धितराज पाण्डे, दिनानाथ शर्मा, पम्फा भुसाल, उर्मिला अर्याल, जयपुरी घर्ती, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, यशोदा गुरुङ सुवेदी, पर्शुराम रम्तेल, महेन्द्र पासवान, गोपीबहादुर अछामी, दलजित विके सिरपाइली, वीरमान चौधरी छन् ।
खस आर्य तर्फका केन्द्रीय सदस्य
खसआर्य पुरुषतर्फको केन्द्रीय सदस्यमा १४ जना निर्वाचित भए । जसमा नारायण दाहाल, सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, वसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले निर्वाचित भए । त्यसैगरी खसआर्य युवातर्फ चार जना केन्द्रिय सदस्यमा विजय भण्डारी, दुर्गा चापागाईं, अनिल शर्मा र लालबहादुर सोडारी चयन भए ।
खसआर्य महिलातर्फ २५ महिलामा आशा कोइराला, सीता पोखरेल, कल्पना धमला, गङ्गाकुमारी बेल्बासे, दामाकुमारी शर्मा, देवी खड्का, धर्मशिला चापागाईं, नारायणी शर्मा, वलावती शर्मा, विमला सुवेदी, रेणु चन्द, रेनु दाहाल, सत्या पहाडी, समिता कार्की, लक्ष्मी न्यौपाने, मञ्जु बम, कुन्ती जोशी, टीका बुढाथोकी, गोमा कुँवर, कालिका चलाउने, मुक्तिनी गौतम, हरिमाया शर्मा र मुक्ति चौलागाईं निर्वाचित भए ।
त्यस्तै खसआर्य युवा महिलातर्फ छ जनामा यशोदा न्यौपाने, ओमकुमारी पौडेल, विमला सिंह, दीपन सिंखडा, गीता तिमल्सिना र कृष्णा शाह निर्वाचित भए ।
जनजाति केन्द्रिय सदस्य
जनजातितर्फ ११ जना केन्द्रिय सदस्यमा क्रमशःअजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, जीतबहादुर योन्जन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दीलिप प्रजापति र छक्कबहादुर लामा चयन हुँदा चार जनजाति युवा केन्द्रिय सदस्यमा इन्द्रबहादुर आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर र नविन जिरेल निर्वाचित भए । जनजाति महिलातर्फ २२ जना केन्द्रिय सदस्य निर्वाचित भएका छन् ।
अमृता थापा, ओनसरी घर्ती, कमला रोका, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खुम्बु किराती, पी घर्ती, लक्ष्मी पुन, मीना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन र माया बल केन्द्रिय सदस्य भए । त्यसैगरी जनजाति युवा महिलातर्फ विना मगर, आर तामाङ, ममता ताजपुरिया र कमला दोङ निर्वाचित भए ।
दलित समुदायबाट
यस समुदायअन्तर्गत विष्णुबहादुर विक, यमबहादुर परियार र जगत पार्की निर्वाचित हुँदा दलित महिलामा ११ जना केन्द्रिय सदस्यमा निर्वाचित भए । जसमाअन्जना बिसङ्खे, सुशीला श्रीपाईली, सीता बौडेल, मानकुमारी नेपाली, सीता नेपाली, धनमाया विक, लक्ष्मी विक, शान्ति नेपाली, गीता गहतराज, दुर्गाकुमारी विक र पम्फा बसेल निर्वाचित रहेका छन् । त्यस्तै दलित युवामा सुबोध श्रीपाइली तथा दलित युवा महिला पार्वती विक निर्वाचित भए ।
मधेसी समुदायबाट
मधेसी क्लस्टरबाट जगत यादव, शिवकुमार मण्डल र रामकुमार यादव केन्द्रिय सदस्यमा निर्वाचित हुँदा त्यसैगरी मधेसी युवामा सुरेन्द्र मेहता तथा मधेसी महिलातर्फ बोधमाया कुमारी यादव र सुनिताकुमारी यादव निर्वाचित भए ।
थारु समुदायबाट
महाधिवेशनको विधानअनुसार थारु समुदायबाट सन्तकुमार चौधरी, हरिनारायण चौधरी र देवीलाल चौधरी निर्वाचित भए । थारु युवाबाट अमनलाल मोदी थारु र थारु महिलाबाट रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी र कृष्णा चौधरी केन्द्रिय सदस्य भए । मुस्लिम समुदायबाट हकिकुल्लाह मुसलमान र मुस्लिम महिलामा कौसर साह केन्द्रिय सदस्यमा निर्वाचित हुँदा पिछडिएको क्षेत्रबाट नरेश भण्डारी, देवकी मल्ल र कुमार पौडेल केन्द्रीय सदस्यका रुपमा निर्वाचित भए ।











