Kathmandu Press

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै 

काठमाडौं, पुस १९ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले माघ १२...
कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै 

काठमाडौं, पुस १९ : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ ।

दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको बिषयमा छलफल हुने बताईएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ । 

१४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हो ।

प्रकाशित मिति: ०७:१४ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्