Kathmandu Press

माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो आज लगाउने 

माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकले १५ पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ ।
माओवादी केन्द्रले पदाधिकारीको टुङ्गो आज लगाउने 

काठमाडौं, पुस १९ : पार्टी पदाधिकारी चयन गर्नका लागि माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ । 

आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेसँगै आठौँ महाधिवेशन सकिएको हो । खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम हलले ताली बजाएर अनुमोदन गरिएको थियो ।

माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकले १५ पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ ।

लामो समयदेखि नेतृत्व गर्दै आएका प्रचण्ड फेरि अध्यक्षमा चयन हुने निश्चित छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा समस्या नभए पनि महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ ।

पम्फा भुसाल र शक्तिबहादुर बस्नेतको पनि महासचिवमा दाबी छ । पदाधिकारीमा करिब करिब सहमति भइसकेको प्रचण्डले हिजै बताइसकेका छन् । 

प्रकाशित मिति: ०७:०८ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्