Kathmandu Press

भारतको दिल्लीका अक्सिजनसहितका ०.२ प्रतिशत शय्या मात्रै प्रयोग

भारतको दिल्लीका अक्सिजनसहितका ०.२ प्रतिशत शय्या मात्रै प्रयोग

नयाँ दिल्ली, पुस १८ : भारतको दिल्ली प्रदेशभित्र रहेका अक्सिजनसहितका कूल शय्यामध्ये ०.२ प्रतिशत शय्या मात्रै अहिले प्रयोगमा रहेका छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिएको जानकारीअनुसार अक्सिजनसहितका कूल शय्यामध्ये ८२ शय्या मात्रै अहिले प्रयोग भएका हुन्।

Hardik ivf

राष्ट्रिय राजधानी र त्यस आसपासका क्षेत्रमा अक्सिजनसहितका शय्या ३७ हजारभन्दा बढी रहेको पनि उनले जानकारी दिए।

कोरोनाभाइरसको महामारी फेरि फैलिएर अक्सिजनसहितको शय्या चाहिएमा पर्याप्त हुनेगरी व्यवस्था गरिएको पनि मुख्यमन्त्री केजरीवालले बताए।

अक्सिजनसहितका कूल शय्यामध्ये ९९.७८ प्रतिशत शय्या अहिले खाली नै रहेकाले चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

कोरोनाभाइरसको महामारी फैलिएका बेला सबैभन्दा ठूलो आवश्यकता अक्सिजनसहितका शय्याको पर्ने भएकाले उच्च प्राथमिकताका साथ यसको व्यवस्था गरिएको मुख्यमन्त्री केजरीवालले बताए।

कोरोनाभाइरसबाट सङ्क्रमितमध्ये गम्भीर अवस्थामा रहेकालाई मात्रै अक्सिजनसहितको शय्याको आवश्यकता पर्दछ।

प्रकाशित मिति: २०:४६ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्