Kathmandu Press

माओवादीले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने

काठमाडौं, पुस १९ : नेकपा माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने भएको छ । आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले...
माओवादीले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने

काठमाडौं, पुस १९ : नेकपा माओवादी केन्द्रले अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार चयन गर्ने भएको छ । 

आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने बताएका हुन् ।

उनले सोमबार बस्ने बैठकको समय सोमबारै तय हुने समेत जानकारी दिए ।  आइतबार अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । 

प्रचण्डले प्रस्ताव गरेका नामहरू बन्दसत्रले अनुमोदन गरेको थियो ।

प्रकाशित मिति: १९:५२ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्