प्रचण्डद्वारा प्रस्तावित २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रबाट पारित
अध्यक्ष प्रचण्डले आइतबार साँझ बन्दसत्रमा नाम वाचन गरेका गरेका नाम बन्दसत्रले अनुमोदन गरेको हो। प्रचण्डले ६३ सिट खाली गरेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् ।
काठमाडौं, पुस १८ : नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनको बन्दसत्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तावित २३६ जना केन्द्रीय सदस्यको नाम पारित गरेको छ।
अध्यक्ष प्रचण्डले आइतबार साँझ बन्दसत्रमा नाम वाचन गरेका गरेका नाम बन्दसत्रले अनुमोदन गरेको हो। प्रचण्डले ६३ सिट खाली गरेर खुलातर्फ १११ र समावेशीतर्फ १२५ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको २३६ सदस्यीय कमिटीलाई महाधिवेशनले अनुमोदन गर्न आग्रह गरेपछि प्रतिनिधिहरुले ताली पड्काएर त्यसलाई अनुमोदन गरेका थिए ।
उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवमा सहमति जुटेन भने केन्द्रीय कमिटीमा मतदान गरिने जनाईएको छ ।
प्रकाशित मिति: १८:५८ बजे, आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार