Kathmandu Press

आफ्नो संस्कृतिलाई भुल्न हुँदैन् : प्रदेश प्रमुख जोशी

धनगढी, पुस १८ : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले कोहीले पनि आफ्नो संस्कृतिलाई भुल्न नहुने बताएका छन्।बाजुरेली सेवा समाज धनगढीद्वारा आज धनगढीमा...
आफ्नो संस्कृतिलाई भुल्न हुँदैन् : प्रदेश प्रमुख जोशी

धनगढी, पुस १८ : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले कोहीले पनि आफ्नो संस्कृतिलाई भुल्न नहुने बताएका छन्।

बाजुरेली सेवा समाज धनगढीद्वारा आज धनगढीमा आयोजित भुवा पर्व तथा देउडा कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले विकासको क्रममा जतिसुकै अघि बढे पनि आफ्नो मौलिक संस्कृतिलाई बिर्सन नहुने उल्लेख गरे। 'कुनै पनि देश र मानव समाजका निम्ति संस्कृतिको महत्वपूर्ण भूमिका हुन्छ,' उनले भने, 'आफ्नोपनलाई बचाइ राख्न संस्कृतिको सधैँ जगेर्ना गरिराख्नु पर्छ।'

प्रदेश प्रमुख जोशीले भुवा पर्वका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्