Kathmandu Press

प्रचण्डद्वारा केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव, पहिलो नम्बरमा राखे आफ्नै भाइ

काठमाडौं, पुस १८ : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति सदस्यहरूको नामावली प्रस्ताव गरेका छन्...
प्रचण्डद्वारा केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव, पहिलो नम्बरमा राखे आफ्नै भाइ

काठमाडौं, पुस १८ : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय समिति सदस्यहरूको नामावली प्रस्ताव गरेका छन् ।

प्रज्ञा भवनमा चलिरहेको बन्द सत्रमा आज आइतवार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरूको प्रस्तावित नाम वाचन गरेका हुन् । उनले २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरेका हुन्।

बाँकी ६३ जना पछि मनोनीत गर्ने बताइएको छ। पहिलो नम्बरमा नारायण दाहालको नाम छ । उनी प्रचण्डका भाइ हुन् । यस्तै  सूर्य सुवेदी, धिरेन्द्र शर्मा, नरबहादुर विष्ट, बसन्त शर्मा, केशव नेपाल, निर्मल आचार्य, जोखबहादुर महरा, देवराज रेग्मी, तारामान स्वाँर, देवराज रेग्मी, हरिराज अधिकारी, देवेन्द्र पराजुली र अच्युतम काफ्ले छन् ।

ती नाममा सहमति नभएमा चुनावी प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ ।  

प्रकाशित मिति: १८:४६ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्