जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
बर्दिया, पुस १८ : बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आक्रमणबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको...
बर्दिया, पुस १८ : बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। आक्रमणबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको हो।
आज दिउँसो नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।
थारुको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको कार्कीले बताए।
प्रकाशित मिति: १८:४५ बजे, आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)