सुदूरपश्चिम प्रदेशमा थप पाँच जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिम, पुस १८ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट...
सुदूरपश्चिम, पुस १८ : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ४५६ जनाको नमूना परीक्षण गरिएको थियो।
स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआरमार्फत दुई र एन्टीजेनमार्फत तीन जनामा कोरोना पुष्टि भएको हो। पीसीआरमार्फत महाकाली अस्पतालमा दुई र एन्टीजेनमार्फत कैलालीका तीन जनामा सङ्क्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा प्रदेशभर कोरोनाबाट चार जना निको भएका छन्। सो अवधिमा प्रदेशमा कोरोना सङ्क्रमणका कारण कोहीको पनि मृत्यु भएको छैन।
यसअघि शनिबार प्रदेशमा ६ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा तीन जना निको भएका थिए। सुदूरपश्चिममा कोरोनाबाट हालसम्म ६१४ जनाको ज्यान गएको छ।
प्रकाशित मिति: १८:२८ बजे, आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)