पुस २७ मा सार्वजनिक बिदा दिन राप्रपाकाे माग
काठमाडाैं, पुस १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेकाे छ।आज (आइतबार) अध्यक्ष...
काठमाडाैं, पुस १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेकाे छ।
आज (आइतबार) अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएर पुस २७ गते सार्वजनिक बिदा दिन माग गरेकाे हाे।
प्रतिनिधिमण्डलले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई पर्वका रूपमा मनाउनुपर्ने भन्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको पनि जनाइएको छ।
आफूहरूको मागबारे गठबन्धनमा कुरा राख्ने जवाफ दिएकाे प्रधानमन्त्री देउवाले दिएको राप्रपाका एक नेताले बताए।
पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने प्रस्ताव राम्रो भए पनि गठबन्धन सरकार भएकाले छलफल आवश्यक रहेको देउवाले बताएकाे उनले जानकारी दिए।
आफ्नो सो माग पूरा नगरिए देशव्यापी विरोधका कार्यक्रम आयोजना गर्ने राप्रपाले जनाएको छ।











