माओवादी केन्द्रको निर्वाचन कार्यातालिका फेरि संशोधन, मनोनयन दर्ता ६ बजेदेखि
संसाेधित कार्यातालिका अनुसार मनोनयन दर्ताका लागि साँझ ६ देखि बेलुका ८ बजेसम्मको समय निर्धारण गरिएको छ। यसअघि मनोनयन दर्ताका लागि अपराह्न ४ देखि साँझ ६ बजेसम्मको समय तोकिएको थियो।
काठमाडौं, पुस १८ : नेकपा माओवादी केन्द्रको निर्वाचन कार्यातालिका पुनः संसोधन भएको छ। केन्द्रीय सदस्य चयनका लागि तय गरिएको निर्वाचन कार्यतालिका चौथो पटक संसोधन गरिएको हो।
महाधिवेशनबाट सकेसम्म सहमतिमै पदाधिकारी र केन्द्रीय कमिटीको टुंगो लगाउनका लागि बारम्बार छलफल भइरहेतापनी निष्कर्षमा भने पुग्न सकेको छैन। सहमति गर्नकै लागि पटकपटक कार्यतालिका संसोधन गरिएको हो।
संसाेधित कार्यातालिका अनुसार मनोनयन दर्ताका लागि साँझ ६ देखि बेलुका ८ बजेसम्मको समय निर्धारण गरिएको छ। यसअघि मनोनयन दर्ताका लागि अपराह्न ४ देखि साँझ ६ बजेसम्मको समय तोकिएको थियो।
त्यस्तै आजै बेलुका साढे ८ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता सूची प्रकाशन गर्ने कार्यतालिका छ।
उम्मेदवारको सम्बन्धमा दाबी विरोध प्रस्तुत गर्न बेलुका ९ बजेसम्मको समत तोकिएको छ। उजुरी परेको सूचना सवा १० बजे प्रकाशन गरिनेछ। त्यस्तै उजुरीउपर छानविन र निर्णय गर्न पौने १० बजेसम्मको समय तोकिएको छ । बेलुका १० बजे उम्मेदवारको सूची पुनः प्रकाशन गरिने कार्यतालिकामा उल्लेख छ।
उम्मेदवारलाई आफ्नो नाम फिर्ता लिनका लागि साढे १० बजेसम्मको समय निर्धारण गरिएको छ। त्यसपछि राति ११ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
केन्दीय निर्वाचन समितिका अनुसार मतदान भने भोलि (सोमबार) ८ बजेदेखि नै हुनेछ।












