Kathmandu Press

माओवादी केन्द्रको अधिवेशन : तीन आयोगका पदाधिकारी सर्वसम्मत चयन

काठमाडौं, पुस १८ : माओवादी केन्द्रले पार्टीका तीन आयोगको नेतृत्व चयन गरेको छ। आठौं महाधिवेशनका क्रममा आज (आइतबार) को बन्दसत्रमा केही पदमा सर्वसम्मत पदाधिकारी...
माओवादी केन्द्रको अधिवेशन : तीन आयोगका पदाधिकारी सर्वसम्मत चयन

काठमाडौं, पुस १८ : माओवादी केन्द्रले पार्टीका तीन आयोगको नेतृत्व चयन गरेको छ। आठौं महाधिवेशनका क्रममा आज (आइतबार) को बन्दसत्रमा केही पदमा सर्वसम्मत पदाधिकारी चयन भएका छन्।

बन्दसत्रका क्रममा निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, अनुशासन आयोग अध्यक्षमा टंक राई र लेखा आयोग अध्यक्षमा पेशल खतिवडा सर्वसम्मत भएका हुन्।

अन्य केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सर्वसम्मत गर्ने प्रयास भइरहेको माओवादी केन्द्र स्थायी कमिटीका एक सदस्यले जानकारी दिए।

माओवादी महाधिवेशनका क्रममा आइतबार संशोधित कार्यतालिका निकालिएको छ।
 

प्रकाशित मिति: १७:१३ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्