Kathmandu Press

आरजु राणा र भाजपाका विदेश विभाग प्रमुख चोथाइवालेबीच भेटवार्ता 

काठमाडौं, पुस १८ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चोथाइवालेबीच भेटवार्ता भएको छ। निजी भ्रमणको...
आरजु राणा र भाजपाका विदेश विभाग प्रमुख चोथाइवालेबीच भेटवार्ता 

काठमाडौं, पुस १८ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चोथाइवालेबीच भेटवार्ता भएको छ। 

निजी भ्रमणको शिलशिलामा भारतको नयाँ दिल्लीमा रहेकी देउवा र  चोथाइवालेबीच  आइतबार भेटवार्ता भएको हो। भारत भ्रमणमा रहेकी देउवा र आफूबीच आइतबार भेट भएको चौथाइवालेले ट्विटरमार्फत जानकारी दिएका छन् ।

यसअघि गत भदौमा चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पत्नी देउवाले उनलाई राखी बाँधिदिएकी थिइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा पुसभित्रै भारत भ्रमणमा जाने तयारी भइरहेका बेला त्यसअघि नै उनकी पत्नी दिल्ली पुगेर त्यहाँको सत्तारुढ दलका विदेश विभाग प्रमुखसँग भेट वार्ता गरेकी हुन्

प्रकाशित मिति: १७:०७ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्