Kathmandu Press

माओवादी केन्द्रको आजको बन्दसत्र सुरू

काठमाडाैं, पुस १८ : माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गतको शनिबार स्थगित बन्दसत्र आज (आइतबार) निर्धारित समयभन्दा झन्डै एक घन्टा ढिलो गरी सुरु भएको...
माओवादी केन्द्रको आजको बन्दसत्र सुरू

काठमाडाैं, पुस १८ : माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गतको शनिबार स्थगित बन्दसत्र आज (आइतबार) निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको छ। 

सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने प्रयासका लागि बन्दसत्र आजसम्मका लागि स्थगित गरिएको थियो।

बन्दसत्र सुरु भएलगत्तै अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरिरहेका छन्। आजको बन्दसत्र सुरु हुनुअघि सहमति जुटाउन प्रज्ञा भवनमै पार्टीको स्थायी कमिटी बैठक बसेको थियो।

सो बैठकले केन्द्रीय कमिटीमा रहने केही नेताहरुको सूची तयार पारिसकेकाे जनाइएकाे छ। साे सूची अनुमाेदनका लागि बन्दसत्रमा प्रस्तुत गरिने जनाइएकाे छ।

आजकै  बन्दसत्रबाट पार्टीको केन्द्रीय कमिटी चयन गरेर महाधिवेशन सक्ने तयारीमा माओवादी केन्द्र रहेको छ।

 

 

प्रकाशित मिति: १६:५४ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्