काठमाडौं उपत्यकामा थप १३७ जनामा कोरोना संक्रमण
काठमाडौं, पुस १८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ११८, ललितपुरमा १३ र भक्तपुरमा ६...
काठमाडौं, पुस १८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ११८, ललितपुरमा १३ र भक्तपुरमा ६ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी काठमाडौं उपत्यकामा २ हजार ९० सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा १ हजार ४, ललितपुरमा ५८९ र भक्तपुरमा ४९७ जना रहेको मन्त्रालयले जनाएको छ।
देशभरिमा भने थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: १६:१८ बजे, आइतबार, पुस १८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











