Kathmandu Press

देशभर थपिए २१६ कोरोना संक्रमित, २०९ जना संक्रमणमुक्त, २ को मृत्यु

काठमाडौं, पुस १८ : पछिल्लो २४ घन्टामा देशभर २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६३१ नमुनाको परीक्षण...
देशभर थपिए २१६ कोरोना संक्रमित, २०९ जना संक्रमणमुक्त, २ को मृत्यु

काठमाडौं, पुस १८ : पछिल्लो २४ घन्टामा देशभर २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६३१ नमुनाको परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। 

मन्त्रालयका अनुसार ५ हजार ९६२ नमुनाको पीसीआर परीक्षण गर्दा २१३ र १ हजार ६६९ जनामा एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। 

सोही अवधिमा २०९ जना संक्रमणमुक्त भएका छन्। आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ रहेको छ। 

योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २८ हजार ९८६ पुगेको छ भने एन्टिजेनतर्फ ९६ हजार २४५ पुगेको छ। त्यस्तै हालसम्म कोरोनामुक्त हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ। अहिलेसम्म ११ हजार ५९६ कोरोना संक्रमितको मृत्यु भएको छ। 

हाल मुलुकभर ४ हजार ९७१ सक्रिय संक्रमित रहेका छन्। जसमध्य ४ हजार ७४७ जना होम आइसोलेसनमा छन्। त्यस्तै २२४ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। अस्पतालमा उपचाररतमध्ये ८३ जना आइसीयूमा छन् भने १९ जना भेन्टिलेटरमा छन्। 

प्रकाशित मिति: १६:१४ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्