Kathmandu Press

ओमिक्रोन नियन्त्रणमा सतर्कता अपनाउन स्थानीय र प्रदेश सरकारलाई निर्देशन

ओमिक्रोन नियन्त्रणमा सतर्कता अपनाउन स्थानीय र प्रदेश सरकारलाई निर्देशन

काठमाडौं, पुस १८ : स्वास्थ्य सेवा विभागले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट थप फैलन नदिन स्थानीय र प्रदेश सरकारलाई निर्देशन दिएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तह, जिल्लाका स्वास्थ्य कार्यालय र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई थप सतर्कता अपनाउन निर्देशन दिएको हो । 

कोभिड महामारीको जोखिम कायमै रहेकाले संक्रमितको संख्या थप बढ्न नदिन पूर्व तयारी आवश्यक रहेको महाशाखाले जनाएको छ।

जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण पालना गराउन, कोरोना परीक्षणको दायरा बढाउन, पहिचान भएका संक्रमितहरुको उचित व्यवस्थापन गर्न महाशाखाको निर्देशन छ।   

यस्तै, संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान गरी क्वारेन्टाइन तथा परीक्षण गर्न, सीमा नाकामा प्रवेश गर्ने यात्रुहरुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्न, खोप लगाउन छुटेका लक्षित वर्गहरुको पहिचान गरी खोप लगाउन र घरमै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको फलोअप एवं मापदण्ड पालनाको निगरानी गर्न महाशाखाले निर्देशन दिएको छ।


 

प्रकाशित मिति: १५:४४ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्