Kathmandu Press

माओवादी केन्द्रको बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित

काठमाडाैं, पुस १८ : प्रतिनिधिहरू हलभित्र बसिसकेको अवस्थामा माओवादी केन्द्रको बन्दसत्र फेरि पनि स्थगित भएको छ।खाजा खाने समय भन्दै सुरु नै नभई बन्दसत्र...
माओवादी केन्द्रको बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित

काठमाडाैं, पुस १८ : प्रतिनिधिहरू हलभित्र बसिसकेको अवस्थामा माओवादी केन्द्रको बन्दसत्र फेरि पनि स्थगित भएको छ।

खाजा खाने समय भन्दै सुरु नै नभई बन्दसत्र पौने ४ बजेसम्मका लागि स्थगित गरिएको हो। अपराह्न ४ बजे बन्दसत्र सुरु हुने माओवादी केन्द्र प्रचारप्रसार उपसमितिले जनाएको छ।

यसैबीच सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नेगरी पार्टीको स्थायी कमिटी बैठक महाधिवेशन स्थल प्रज्ञा भवनमा जारी रहेको जनाइएको छ।

प्रकाशित मिति: १५:१९ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्