माओवादी महाधिवेशन : समानुपातिकतर्फका केन्द्रीय सदस्य सहमतिमै चयन हुने
काठमाडौं, पुस १८ : नेकपा माओवादी केन्द्रले समावेशी तर्फका केन्द्रीय सदस्यको चयन सहमतिबाटै गर्ने भएको छ। पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले चयन गर्ने २९९ सदस्यीय...
काठमाडौं, पुस १८ : नेकपा माओवादी केन्द्रले समावेशी तर्फका केन्द्रीय सदस्यको चयन सहमतिबाटै गर्ने भएको छ। पार्टीको आठौं राष्ट्रिय महाधिवेशनले चयन गर्ने २९९ सदस्यीय केन्द्रीय कमिटीमध्य समानुपातिक तर्फ ८ वटा क्लस्टर छुट्याइएको छ।
योसंगै समानुपातिक तर्फका केन्द्रीय सदस्यका लागि निर्वाचन नहुने भएको छ । समानुपातिकतर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् ।
त्यसअनुसार ५ वटा प्रदेशमा सहमति जुटेको ती नेताले बताए । प्रदेश २ र वागमतीमा सहमतिको प्रयास भइरहेको छ ।
माओवादी केन्द्रले सहमतिकै लागि निर्वाचन कार्यक्रम तीन पटक संशोधन गरिसकेको छ। सहमतिबाटै सबै केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्नका लागि पटकपटक निर्वाचन कार्यातालिका संसोधन गरिएको हो।
आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आइतबार साँझ उम्मेदवारी दर्ता गर्ने र सोमबार विहान ८ देखि मतदान हुनेछ ।











